Logo

२०८२ पौष १३ गते आइतवार

२०८२ पौष १३ गते आइतवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 799
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. सुध्रिनसके काँग्रेसले कसैको वैशाखी टेक्नुपर्दैनः काँग्रेस नेता केसी

    नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके नेपाली काँग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गर्नुभयो । उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लोेस्तरसम्म संगठन भएको काँग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनु भयो । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौति नै चुनौति छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरुलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आएपनि काँग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक हो ।’

    २. रवि–बालेनलक्षित काँग्रेस नेता राठौरको टिप्पणीः सहकारी ठग र गँजेडीहरुले देश चलाउन सक्दैनन्

    नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौति दिनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति दिनुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउनु हुँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गर्नुभयो । 

    ३. रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ

    नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताउनु भयो । उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्नेकुरा काँग्रेसलाई चासोको विषयको नभएको बताउनु भयो । उहाँले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताउनु भयो । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको काँग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताउनु भयो । 

    ४. भदौ २३ को जेन–जी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ सामुहिक कला प्रदर्शनी

    गत भदौ २३ गते भएको जेन–जी युवा आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामुहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ । प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडिको सडक पेटीमा आयोजना गरिएको हो । प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् । गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध शुरु भएको जेन–जी युवा आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो । आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए ।

    ५. नेपाल र चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छः उपसभामुख राना

    प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउँदै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा वर्षभर आयोजित विविध कार्यक्रमहरूको समापनका सन्दर्भमा चिनियाँ दुतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा उहाँले यस्तो धारणा राख्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले दुई देशबीचको सम्बन्ध सरकारी स्तरमा मात्र सिमित हुनु नहुने भन्दै जनस्तरमा पनि विस्तार हुनुपर्ने बताउनु भयो । 

    ६. काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने

    नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ । आईतवार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराउनुभएको हो । केन्द्रिय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रिय कार्य सम्पादन समितिमा रहनुभएका नेताहरुसँग छलफल भइरहेको र अब सूचि तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने बताउनु भयो । समानुपातिक सूचिबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूचि तयार पार्नु पनि महत्वपूर्ण काम भएको बताउनु भयो । 

    ७. एमाले सचिवालय बैठक शुरु

    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि अन्तिम रूप दिने एजेण्डा रहेको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको पार्टी स्रोतले जनाएको छ । जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र आजको बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी छ ।

    ८. एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड पुस २३ गते पोखरामै

    नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको २२ औं संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । गत भदौ २९ गते पोखरामा तय अवार्ड जेनजी आन्दोलनका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आईतवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रभावित अवार्ड आगामी पुस २३ गते आयोजना गर्ने जनाएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो । खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले स्पोटर््स हबको रूपमा रहेको पोखरामा नै अवार्ड आयोजना गर्ने लामो समयदेखिको योजनाअनुरूप सरोकारवालासँग छलफल गरेर पोखरामा नै अवार्ड गर्न लागिएको बताए । 

    ९.‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः काठमाडौं मेडिकल कलेजमा आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग

    काठमाडौं मेडिकल कलेजले क्याथ ल्याव र हालै शुरु भएको इपिल्याव प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूको निदान र उपचारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ ।  न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा काठमाडौं मेडिकल कलेजका प्रा.डा. सहदेव ढुङ्गानाले हृदय तथा मस्तिष्कसम्बन्धी जटिल रोगहरूको उपचारमा क्याथ ल्याव र इलेक्ट्रोफिजियोलोजी (इपि) ल्यावले नयाँ युगको शुरुवात गरिरहेको दाबी गर्नुभयो । उहाँकाअनुसार यी प्रविधिहरूले पारम्परिक ओपन हार्ट सर्जरीको विकल्पको रूपमा छोटो समयमै, सुरक्षित, र प्रभावकारी उपचार सम्भव बनाएका छन् ।

    १०. एभरेस्ट समिटियर्स समिट हुँदै

    एभरेस्ट एलायन्स नेपालले दोस्रो संस्करणको एभरेस्ट समिटियर्स समिट आयोजना गर्ने घोषणा गरेको छ । एभरेस्ट एलायन्सले आईतवार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सन् २०२६ मे २७ मा काठमाडौंमा समिट गर्न लागेको जानकारी दिएको हो । उक्त समिट तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरणमा समर्पित रहने एभरेस्ट एलायन्स नेपालकी अध्यक्ष श्रद्धा क्षेत्रीले बताउनु भयो । दिगो भविष्यको लागि हिमालयन इनोभेसन भन्ने नाराका आयोजना हुने समिटमा विश्वभरका सगरमाथा आरोही, नीति निर्माता, पर्वतारोहण संस्थाका प्रतिनिधि, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहनेछ । 

    ११. एमाले नेता भन्छन्ः ‘रवी र बालेनको एकताले खासै अर्थ राख्दैन’

    नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको एकताले खासै अर्थ नराख्ने बताएका छन् । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा नेताहरुले उनीहरुको एकताको ठूलो असर नदेखिने दाबी गरेका हुन् । नेकपा एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख साहको राजनीतिक मिलन वा विमिलनको कुनै विशेष अर्थ नरहेको बताउनु भयो । उनीहरूको राजनीति नेपाली जनतामा आधारित नदेखिएको भन्दै राईले त्यसले वर्तमान नेपाली राजनीतिक परिवेशमा खासै महत्व नपाउने दाबी गर्नुभयो । 

    १२. जेन–जी आन्दोलनलाई रास्वपा र मेयर साहले सत्ता स्वार्थको लागि हाइज्याक गर्न खोजेः उपमहासचिव भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताउनुभएको छ । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उहाँले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताउनु भयो । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उहाँको भनाई छ । उहाँले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गर्नुभयो । 

    १३. तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि

    फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउन थालेका छन् । आयोगकाअनुसार आईतवार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूचि पेश गरेका छन् । तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आईतवार र सोमवार बन्दसूचि पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूचि पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिनुभयो । 

    १४. चीनद्वारा फेन्युन–४ ०३ उपग्रहको सफल प्रक्षेपण

    चीनले शनिवार देशको दक्षिण–पश्चिमी सिचुआन प्रान्तको सिचाङ स्याटेलाइट लन्च सेन्टरबाट अन्तरिक्षमा नयाँ उपग्रह पठाएको छ । फेन्युन–४ ०३ नामक उपग्रहलाई बेइजिङ समयअनुसार १२ः०७ बजे लङ मार्च–३बी रकेटमार्फत प्रक्षेपण गरिएको थियो । यो आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । यो लङ मार्च रकेट शृङ्खलाको ६२१औँ उडान मिसन थियो । 

    १५. टर्किएबाट शव फिर्ता ल्याइएसँगै लिबियाद्वारा दिवंगत सेना प्रमुखको सम्मान

    गत साता टर्किएमा भएको विमान दुर्घटनामा निधन भएका लिबियाली सेना प्रमुख मोहम्मद अल–हद्दाद र उनका साथीहरूको पार्थिव शरीर स्वदेश फिर्ता लगिएको छ । जहाँ उनीहरूलाई राजकीय सम्मानका अन्त्येष्टि गरिएको छ । लिबियाले गत हप्ताको शुरुमा टर्किएमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना दिवंगत सेना प्रमुख मोहम्मद अल–हद्दाद र उनका सहयोगीहरूको पार्थिव शरीर बुझ्न शनिवार आधिकारिक समारोहको आयोजना गरेको थियो । शवहरूलाई त्रिपोली अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको थियो । जहाँ लिबियाको प्रेसिडेन्सियल काउन्सिलका प्रमुख मोहम्मद अल–मेनफी र प्रधानमन्त्री अब्दुल–हामिद दबेइबाह लगायतका वरिष्ठ अधिकारीहरूले प्राप्त गरेका थिए । अल–मेनफीले अल–हद्दादको सेवाको कदर गर्दै उनलाई मरणोपरान्त फिल्ड मार्शल पदमा पदोन्नति गरेका छन् ।

    १६. थाइल्याण्ड र कम्बोडियाद्वारा युद्धविराम सम्झौतामा हस्ताक्षर

    थाइल्याण्डका रक्षामन्त्री नत्थापोन नाकपानिच र कम्बोडियाका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री टिया सेइहाले शनिवार थाइल्याण्डको चन्थाबुरी प्रान्तको एक सीमा नाकामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । कम्बोडियाको सरकारी सञ्चालित राष्ट्रिय टेलिभिजन (टिभिके) ले जनाएअनुसार कम्बोडियाले थाइल्याण्डसँग तत्काल युद्धविराम गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको पुष्टि गरेको छ । 

    १७. म्यानमारमा २०२५ को आम निर्वाचन शुरु

    म्यानमारमा बहुदलीय लोकतान्त्रिक निर्वाचनको पहिलो चरण आईतवारदेखि शुरु भएको छ । पहिलो चरणको मतदानसँगै २०२५ को बहुदलीय लोकतान्त्रिक आम निर्वाचन शुरु भएको हो । यो निर्वाचन तीन चरणमा सम्पन्न हुने तालिका रहेको छ । जसअनुसार दोस्रो चरण २०२६ जनवरी ११ र तेस्रो चरण २०२६ जनवरी २५ मा हुनेछ । यस निर्वाचनमा ५७ राजनीतिक दलका करिव ५ हजार उम्मेदवारहरूले देशभरका ६ सय ९२ निर्वाचन क्षेत्रहरूमा प्रतिष्पर्धा गरिरहेका छन् । यसले संघीय संसदका दुवै सदन र राज्य तथा क्षेत्रीय संसदहरूका लागि प्रतिनिधिहरू चयन गर्नेछ । निर्वाचित संघीय संसदले नयाँ राष्ट्रपति चयन गर्नेछ । जसले आगामी नयाँ संघीय सरकार गठन गर्नेछ । निर्वाचन आयोगकाअनुसार मतदानका लागि देशभर कुल २१ हजार ५ सय १७ मतदान केन्द्रहरू स्थापना गरिएका छन् । 

    १८. हतियार निर्यात खुकुलो पार्ने सत्ताधारी गठबन्धनको योजनाविरुद्ध जापानी प्रदर्शनकारीहरूको ¥याली

    टोकियोमा जापानी प्रदर्शनकारीहरूले सत्ताधारी गठबन्धनको हतियार निर्यातमा रहेका लामो समयदेखिका प्रतिवन्धहरू खुकुलो पार्ने योजनाको विरोध गरेका छन् । उनीहरूले जापानमा निर्मित हतियारहरूले विश्वव्यापी द्वन्द्व निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । टोकियोस्थित लिबरल डेमोक्रेटिक पार्टीको मुख्यालय अगाडि जापानी प्रदर्शनकारीहरूले हतियार निर्यातमा रहेका प्रतिवन्धहरूलाई उल्लेख्य रूपमा खुकुलो पार्ने सत्ताधारी गठबन्धनको योजनाप्रति विरोध प्रदर्शन गरेका छन् । ¥यालीमा प्रदर्शनकारीहरूले जापानमा निर्मित हतियारहरू नबेच, युद्ध चाहिँदैन र हतियार निर्यातको कडा विरोध गरौं भन्ने नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीका प्रतिनिधिहरूले एक ज्ञापनपत्र बुझाउँदै पाँच–श्रेणीको प्रतिवन्ध खारेज गर्ने उद्देश्यले भइरहेका सबै कार्यहरू तुरुन्त रोक्न माग गरे । 

    १९. रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

    जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको सम्झौता स्वभाविक भएपनि संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभुत विषयहरू नसमेटिएको भन्दै आशंका व्यक्त गर्नुभएको छ । आईतवार जनपुरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सुमनले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताउनु भयो । उहाँले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख शाहले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न लजाएको आरोप पनि लगाउनु भयो । बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भएपनि रास्वपाको नीतिगत ठिक नभएको उहाँको तर्क छ ।

    २०. रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच हालै भएको सात बुँदे समझदारीमा मुलुकलाई दीर्घकालीन निकास दिने ठोस एजेन्डा नभएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विश्लेषकहरू डा. इन्द्र अधिकारी, केशव दाहाल, चन्द्रदेव भट्ट र लेखनाथ पाण्डेलगायतले यो सहमति मुख्यतः पपुलिजममा आधारित रहेको र यसले देशलाई वास्तविक निकास दिन नसक्ने तर्क गरेका हुन् । 

    २१. एनभिए च्याम्पियनसिपमा हेल्प नेपाल र पुलिस क्वार्टरफाइनलमा

    हेल्प नेपाल स्पोटर््स र नेपाल पुलिस क्लवले एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्पm क्वार्टरफाइनलमा स्थान बनाएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा समूहको दुवै खेल जित्दै हेल्प नेपाल स्पोटर््स र नेपाल पुलिसले नकआउट चरणमा स्थान बनाएका हुन् । आईतवार भएको समूह ‘बी’ को खेलमा पुलिसले खिल्जी युवा क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले खिल्जी युवालाई २५–२१, २५–१६ र २५–१६ ले हरायो । यस समूहमा पुलिस र खिल्जी युवासँगै ढोरपाटन क्लब छन् । पहिलो खेलमा ढोरपाटनलाई ३–१ को सेटमा हराएको थियो । लगातार दोस्रो जित निकाल्दै पुलिस समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । 

    २२. चितवन क्रिकेट क्लबलाई इन्डो÷नेपाल टी ट्वान्टीको उपाधि

    चितवन क्रिकेट क्लबले घरेलु मैदानमा भएको इन्डो÷नेपाल टी ट्वान्टी च्याम्पियनसिपको उपाधि उचालको छ । चितवनको गौतम बुद्ध रंगलशालामा आईतवार सम्पन्न फाइनलमा चितवनले विभागीय टोली एपिएफमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै उपाधि उचालेको हो । विजेता चितवनले च्याम्पियन ट्रफीसँगै चार लाख रुपैयाँ प्राप्त ग¥यो । एपिएफले भने दुई लाख रुपैयाँमा चित्त बुझायो । एपिएफले एक सय ४४ रनको लक्ष्य दिएको थियो । तर, त्यो लक्ष्य पछ्याएको घरेलु टोली चितवन क्रिकेट क्लबले १९.५ ओभरमा ९ विकेटको क्षतिमा पूरा ग¥यो । चितवनको शुभ कंसाकारले ६७ रनको अर्धशतकीय इनिङ खेले । दीपक डुम्रेले ३२ बलमा ३७ रन जोडे । एपिएफको बलिङमा इर्साद अहमदले पाँच विकेट लिए पनि चितवनको जित रोक्न सकेनन् ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १९:०८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij