२०८२ पौष १३ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन्द्र शाह (बालेन)को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् ।
आइतबार (पुस १३) बिहान रास्वपा र बालेन पक्षले गरेको सहमति यस्तो सहमति गरेको हो ।
रास्वपा स्रोतले दिएको जानकारीअनुसार, बालेनले ४० जनाको सूची तयार रहेको बताएपछि ती सबैलाई रास्वपामा समेट्ने भनिएको हो ।
“बालेनजीको टिमले ४० जनाको सूची छ भन्नुभयो । त्यसपछि रास्वपाले सबै ल्याउनुस्, भनेको छ । बाँकी ७० जना रास्वपातर्फका हुन्छन् । मिलेर जाने कुरामा मौखिक समझदारी भएको हो,” स्रोतले भन्यो ।
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा सोमबार (पुस १४) सम्म समानुपातिकतर्फ ११० जनाको नाम बुझाइसक्नुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij