Logo

२०८२ पौष १३ गते आइतवार

२०८२ पौष १३ गते आइतवार

कस्मेटिक तथा ब्यूटी एक्स्पोको विशेष आकर्षण बन्यो ‘यशवीर इन्टरनेसनल’

कस्मेटिक तथा ब्यूटी एक्स्पोको विशेष आकर्षण बन्यो ‘यशवीर इन्टरनेसनल’


  • 1.1K
    Shares

    कस्मेटिक तथा ब्यूटी एक्स्पोको विशेष आकर्षण बन्यो ‘यशवीर इन्टरनेसनल’
    images

    काठमाडौं । उद्यमी बन्ने चाहना छ वा व्यवसाय गर्ने सोच बनाउँदै हुनुुहुन्छ ? तर, उद्योग स्थापना कसरी गर्ने, कसरी प्रडक्ट बनाउने, कामदार कसरी व्यवस्थापन गर्नेजस्ता अनेकौं समस्याले अन्यौलमा हुनुहुन्छ भने अब ती सबै समस्याको समाधान लिएर आएको छ ‘यशवीर इन्टरनेसनल’ । शुक्रबारदेखि काठमाडौंको बालुवाटरस्थित आम्रपाली ब्यांकेटमा चलिरहेको हाउस अफ राजकर्णिकारले आयोजना गरेको पहिलो कस्मेटिक तथा ब्यूटी एक्स्पो (कस्मेटिका २०२५) मा कम्पनीको स्टल विशेष आकर्षण बनेको छ । एक्स्पोमा व्यवसायी तथा भिजिटरहरुले कम्पनीले प्रदान गर्दैआएको सेवाबारे विशेष चासो राखेको र इन्क्वायरी उच्च रहेको यशवीर इन्टरनेसनलका बजार प्रमुख ईश्वर रिजालले बताए ।

    सौन्दर्य सामग्री का क्षेत्रमा काम गर्दै आएको कम्पनीले व्यवसायीले चाहेको नाम, ब्राण्ड र डिजाइनअनुसारका उत्पादनहरू उपलब्ध गराइरहेको छ । यसले गर्दा व्यवसायीले उद्योग स्थापना, उत्पादनको अनुसन्धान तथा विकास र कामदार व्यवस्थापनको कुनैपनि झञ्झट बेहोर्नुपर्दैन र आफ्नो व्यवसाय तथा उत्पादन प्रवद्र्धनमामात्र केन्द्रीत गरेर छिट्टै आफ्नो ब्राण्डको स्थापना गर्दै उच्च लाभ हासिल गर्न सक्छन् ।

    प्रमुख रिजालका अनुसार कम्पनीले व्यवसायीको माग अनुसार उच्च गुणस्तरको कस्मेटिक उत्पादन गरिदिने भएकाले व्यवसायीले गर्वका साथ आफ्नो ब्राण्ड वा त्यस्तो उत्पादनप्रति स्वामित्व लिन सक्ने बताउँछन् । उत्पादनमा गहिरो विशेषज्ञताका साथ कम्पनीले छाला, कपाल, अत्तर, दन्त र व्यक्तिगत हेरचाहका सामाग्री उत्पादन गरिदिंदै आएको छ । कम्पनीले उत्पादनको अवधारणादेखि पूरा हुने समयसम्म, बजार प्रवृत्ति, नियामक मापदण्ड र उपभोक्ता अपेक्षाहरू पूरा गर्ने रिजाल बताउँछन् । कम्पनीको गुणस्तर, नवीनता र पारदर्शिताप्रतिको प्रतिबद्धताले यशवीरलाई बजारको लिडर कम्पनी बनाएको रिजाल बताउँछन् । आइतबारसम्म चल्ने एक्स्पोमा कम्पनीका सेवावारे बुझ्न सकिने रिजालले बताए ।

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १६:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij