२०८२ पौष ११ गते शुक्रवार
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
शुक्रवार हात्तिवनस्थित निवासमा पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उहाँले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । उहाँले सो निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो । त्यस अवसरमा दाहालले निर्वाचनका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिन पनि सरकारलाई आग्रह गर्नुभएको थियो ।
मन्त्री खरेलले भन्नुभयो,‘दाहालले नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकाले जसरी पनि निर्वाचनमा जानुपर्छ । र फागुन २१ मा नै निर्वाचन हुनुपर्छ भन्ने नेपाली कम्युनिष्ट पार्टीको स्पष्ट धारणा दोहो¥याउनुभएको छ । र निर्वाचनको लागि सरकारलाई सरकारले गर्ने प्रतिवद्धता समेत प्रचण्डले हामीसँगको कुराकानीमा व्यक्त गर्नुभएको छ ।’
सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन राजनीतिक संवाद समिति नै बनाएर प्रमुख तीन दलका शिर्ष नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिएको हो । यसैक्रममा (भोलि) शनिवार प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, ओली र दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij