Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली

सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली


  • 778
    Shares

    सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली
    images

    नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएको छ । 

    शुक्रवार बिहान गुण्डस्थित आफ्नै निवासमा पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचनमा जाने कुरामा आफ्नो पार्टी दुविधामा नरहेपनि त्यसका लागि अझै वातावरण बन्न नसकेको कुरा आफूसँगको भेटमा अध्यक्ष ओलीले बताउनुभएको मन्त्री खरेलले जानकारी दिनुभयो । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले व्यवहारिक रुपमा निर्वाचन गराउने वातावरण बनेको छ कि छैन ? भनि सञ्चारकर्मी खरेलसँग जिज्ञासा समेत राख्नुभएको थियो । निर्वाचनमा लागि सुरक्षा चासोका विषयलाई ओलीले आफूसँगको भेटमा विशेष चासो दिएको पनि मन्त्री खरेलले बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा उहाँले केही सुरक्षा चासोका विषय राख्नु भएको छ । निर्भयताका साथ चुनावमा भाग लिने, भोट हाल्ने र राजनीतिक दलहरुलाई भाग लिने वातावरण बनाउनु पर्छ । त्यो अझै बनिनसकेको हो कि अझै बढि मेहनत सरकारले गर्नुपर्छ भन्ने उहाँको कुरा रहेको छ । र उहाँले सिद्धान्ततः नेकपा एमाले जनमतलाई मान्ने पार्टी हो, लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो । निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा दुविधा छैन । त्यसमा नेकपा एमाले त्यो लाईनमा स्पष्ट रुपमा छ भन्नु भयो । तर अहिले व्यवहारिक रुपमा सुरक्षाको हिसावले चुनाव गराउने अवस्था छ कि छैन ? भनेर उहाँले चासोहरु राख्नु भएको छ । सुरक्षाको वातावरण बनाउनु प¥यो, निर्वाचनको वातावरण बनाउनु प¥यो भन्ने उहाँको कुरा रहेको छ । त्यो सन्दर्भमा हामीले सरकारको तर्फबाट सुरक्षाको वातावरण बनाउने कुराहरुमा सरकार प्रतिवद्ध छ भन्ने कुरा हामीले राखेका छौँ ।’

    त्यस अवसरमा मन्त्री खरेलले अध्यक्ष ओलीलाई निर्वाचनका लागि सुरक्षाको उचित व्यवस्था मिलाउन प्रतिवद्ध रहेको बताउनुभएको थियो ।

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १५:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij