Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

काँग्रेस नेताहरु भन्छन्ः सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

काँग्रेस नेताहरु भन्छन्ः सरकारले निर्वाचनको वातावरण बनाउन सकेन


  • 757
    Shares

    काँग्रेस नेताहरु भन्छन्ः सरकारले निर्वाचनको वातावरण बनाउन सकेन
    images

    नेपाली काँग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् ।

    पार्टी केन्द्रिय कार्यालयमा बोल्दै नेताहरु सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् । उनीहरुले काँग्रेसले सरकारले वातावरण बनाए निर्वाचनमा जाने निर्णय गरिसकेपनि अहिलेसम्ममको स्थितिमा निर्वाचनको वातावरण बन्न नसकेको बताए । काँग्रेस उपसभापति धनराज गुरुङले सरकारले निर्वाचनमय वातावरण बनाउन अझै नसकेकाले सांसदहरुले अर्को बाटो अपनाएर रिट दर्ता गरेको बताउनु भयो । उहाँले काँग्रेस निर्वाचनको पक्षमा रहेपनि त्यो वातावरण बनाउन सरकारले नसकेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने पनि बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘महाधिवेशन हुन्छ । क्रियालिश सदस्यताको टुंगो जिल्लाबाट आउने क्रम जारी छ । छिटै टुंगो लाग्छ । सरकार पक्षबाट निर्वाचनको आकाशमा देखिएको बादल फाटेको अवस्था देखिएन । त्यो काम सरकार पक्षको हो । त्यो नदेखेपछि संसद पुनःस्थापनाका लागि रिट दायर गरिएको हो । सरकार पक्षले वातावरण बनााए निर्वाचनमा सहभागी हुन्छौँ । निर्वाचन नभएपछि डार्क भूगोलतिर छिरिन्छ । यो महाधिवेशन गर्छौं, एक दुई दिन तलमाथि हुनसक्छ तर तिललाई पहाड बनाउनु हुँदैन, आकाश खसिहाल्छ जस्तो गर्नु हुँदैन ।’

    काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन अलमलमा नरहेको र विगतको भन्दा भव्यताका साथ सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले नियमित महाधिवेशन चाँडै हुने पनि बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘महाधिवेशन अलमलमा पर्दैन । महाधिवेशन भव्यताका साथ हुन्छ । पहिलाको भन्दा भव्यताका साथ सम्पन्न हुन्छ । नियमित महाधिवेशन सम्पन्न हुन्छ । महाधिवेशन चाँडै नै सम्पन्न हुन्छ ।’
    पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी रहेको र छिटै टुंगिने बताउनु भयो । उहाँले पदाधिकारीहरुको पदावधिको समयसम्म महाधिवेशन हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा सहभागी हुन काँग्रेस तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भयो । देश शुन्यतामा नजाओस् भनेर सर्वोच्चमा रिटसहित पुगेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी छ । ११ जिल्लाको समस्या हो । क्रियाशिलको नविकरण लगभग सकिसकेको छ । नयाँ क्रियाशिलमा नम्बर छुटेको कारणले समस्या भएको हो । पदावधिको समयसम्म महाधिवेशन हुन्छ । आम निर्वाचनमा सरकारले ध्यान दिन सकेको छैन । निर्वाचनमा सहभागी हुन हामी तयार छौँ तर निर्वाचनको वातावरण बनाउनुपर्छ । निर्वाचन गर्नुपर्छ भन्ने काँग्रेसको निर्णय हो । देशलाई भ्याकुमको अवस्थामा नजाओस् भनेर साथीहरुले हस्ताक्षर गर्नुभएको हो ।’

    नेता अर्जुननरसिंह केसीले काँग्रेस अन्योलमा नरहेको र संस्थागत निर्णय गरेर निर्वाचनमा जाने भनिसकेको बताउनु भयो । उहाँले पार्टीको महाधिवेशन पनि तोकिएको समयभित्रै हुनुपर्ने बताउनु भयो । उहाँले यथास्थितिमा निर्वाचनमा जानु भनेको आत्महत्या गरे बराबर भएको जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘काँग्रेस अन्योलमा छैन, हामीले संस्थागत रुपबाटै के गर्ने भनिसकेका छौँ । महाधिवेशन तोकिएको मितिभित्रै हुनुपर्छ । यो कसैको रहर भन्दा पनि परिस्थितिको कुरा हो । यथास्थितिमा निर्वाचनमा जानेकुरा आत्महत्या बराबर हो । ’

    नेता केसीले अधिवेशन तोकिएको समयमा हुनैपर्ने बताउनु भयो । उहाँले विकसित घटनाक्रमलाई हेरेर काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो ।

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १७:२४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij