Logo

२०८२ पौष १० गते बिहिवार

२०८२ पौष १० गते बिहिवार

अन्तरिम कालको नेतृत्व गर्न दिनुस्, राज्यलाई निकास दिन्छौँः महासचिव चन्द

अन्तरिम कालको नेतृत्व गर्न दिनुस्, राज्यलाई निकास दिन्छौँः महासचिव चन्द


  • 582
    Shares

    अन्तरिम कालको नेतृत्व गर्न दिनुस्, राज्यलाई निकास दिन्छौँः महासचिव चन्द
    images

    काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीवारबाट शुरु भएको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

    उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताएका छन् ।  उनले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्दै  अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने माग राखेका छन् । 

    महासचिव चन्दले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी)लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने पनि बताएका छन् । अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उनको भनाइ छ । 

    महासचिव चन्दले भने, ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ । अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ । जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो, त्यसलाई सम्बोधन गर्नुपर्छ भन्दै आएको हो । समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ । अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ । नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्छ । यो अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिइन्छ भने पनि हामी सबै शक्तिलाई आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्दछौँ ।

     

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - १२:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij