२०८२ पौष ९ गते बुधवार
काठमाडौं । नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।
मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij