२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरणका लागि दिइएको समय सकिएको ७ दिनपछि ९ दिन समय थप गर्ने सहमति भएको छ ।
महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णय परिवर्तन गरेर मंसिर मसान्तसम्म सक्ने निर्णय गरेका थिए ।
नयाँ क्रियाशील सदस्यताको फारम वितरण गर्ने समय पनि पुस १० गतेसम्म राख्ने सहमति समितिमा बनेको छ, यद्यपि निर्णय भने भएको छैन ।
विदेशस्थित जनसम्पर्क समितिमा जनसम्पर्क सदस्यता, नवीकरण वा नयाँ क्रियाशील कसैले नभएको भए अनलाइनमार्फत गर्न सक्ने व्यवस्था मिलाउने समितिमा सहमति बनेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij