Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

‘जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्’: रविलक्ष्मी चित्रकार

‘जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्’: रविलक्ष्मी चित्रकार


  • 652
    Shares

    ‘जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्’: रविलक्ष्मी चित्रकार
    images

    काठमाडौं । जेनजी आन्दोलनका नाममा निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीहरूमाथि कडा कारबाहीको माग गरेकि छिन् । 

    लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै आएकी चित्रकारले घटनालाई हिटलरको ग्यास च्याम्बरसँग तुलना गर्दै जेनजीको अवोध मुखुण्डो लगाएर देश विध्वंश गर्नेहरूलाई सरकारले छिट्टै पहिचान गरी सजाय दिनुपर्ने बताएकि छिन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चित्रकारले जेनजीको अवोधपनको मुखुण्डो ओढेर देशलाई नष्ट गरिएको बताइन्।

    उनले भनिन्, ‘मैले कितावमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर । त्यो ग्यास च्याम्बर म आफैँ परेँ र आज यो गति भयो । जेनजी भाइबहिनीहरुको अवोधपनको मखुण्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई यो सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ ।’

    पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताएका छन् । उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको तर उपचारका लागि केही नभएको बताउका छन्। घरसहित सबै जलाइर नष्ट गरिदिएपछि उपचारमा समस्या हुने बताएका छन्। 

    गत भदौमा जेनजी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । उपचारका लागि भारत लगिएको उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको बताइएको छ । चित्रकारको यो मागले जेनजी आन्दोलनका हिंसात्मक गतिविधि र दोषीहरूमाथि कारबाहीको विषयलाई पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा ल्याएको छ । 

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १०:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij