२०८२ फाल्गुण ३० गते शनिवार
दोहा। कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुई नेपाली व्यवसायीबाट करिब ५० जना नेपाली श्रमिक ठगिएको आरोप लागेको छ ।
पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका छन् । ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ ।
गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै सञ्चालकहरूले लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् ।
आफूहरू ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडित गोविन्द खड्काले जानकारी दिए । उजुरीअनुसार फरार भएका पसल सञ्चालक रौतहट जिल्ला जिंगडवा–९ निवासी मो। मोजाज आलम र मोहम्मद रैन रहेका छन् । दुवै जनाले करिब सात वर्षदेखि साझेदारीमा व्यवसाय सञ्चालन गर्दै आएको पीडितहरूले बताएका छन् । हाल कतार प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरू संघको सम्पर्कमा आएका छन् । संघले नेपाली दूतावास कतार तथा कतारका सम्बन्धित ठगी तथा अपराधसम्बन्धी निकायसँग समन्वय गर्दै सहजीकरण गरिरहेको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij