Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

ललितपुरमा ह्याम्मर प्रहार गरी हत्या, चप्पलबाट पक्राउ परे २ अभियुक्त

ललितपुरमा ह्याम्मर प्रहार गरी हत्या, चप्पलबाट पक्राउ परे २ अभियुक्त


  • 561
    Shares

    ललितपुरमा ह्याम्मर प्रहार गरी हत्या, चप्पलबाट पक्राउ परे २ अभियुक्त
    images

    काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८, शेराफाँट लुभुस्थित तरकारी बारीको पानीको इनारमा बोराभित्र युवकको शव फेला परेको घटनाले सनसनी मच्चाएको छ। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवैले छुट्टाछुट्टै दुई जनाको हत्या गरेको स्वीकार गरेका छन्।

    पुस २ गते अपराह्न करिब ३ बजे ललितपुर महालक्ष्मी नगरपालिका–८ शेराफाँट लुभुस्थित सानो कान्छा श्रेष्ठको तरकारी बारीको कुनामा रहेको पानीको इनारभित्र बोरामा पोको पारिएको अवस्थामा एक युवकको लाश फेला परेको थियो। मृतक सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–५ ताप्केडाँडाका २५ वर्षीय सुनिल भन्ने केशवराज हायु भएको पहिचान भएको प्रहरीले जनाएको छ।

    सूक्ष्म अनुसन्धानपछि दुई अभियुक्त पहिचान

    घटनाको जानकारी पाएलगत्तै प्रहरी अधिकृतको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। घटनास्थलबाट संकलन गरिएको भौतिक प्रमाण र सूचनाका आधारमा अनुसन्धान गर्दा जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका–४ कोटगाउँ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने २१ वर्षीय देवराज ढुंगेल र सोही जिल्लाका २० वर्षीय जयराम अधिकारी घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

    चप्पलबाट खुलेको सुराक

    पुस २ गते घटनास्थलमा फेला परेको चप्पलको अनुसन्धान गर्दा उक्त चप्पल देवराज ढुंगेलको भएको खुलेको थियो। सोही आधारमा उनलाई यही पुस ४ गते जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा पक्राउ गरिएको हो।

    अर्को अभियुक्त सिन्धुलीबाट पक्राउ

    देवराज ढुंगेललाई पक्राउ गरी सोधपुछ गर्दा घटनामा जयराम अधिकारी समेत संलग्न रहेको खुल्न आएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा आइतबार गोलञ्जोर गाउँपालिका–५ नयाँखर्क क्षेत्रबाट जयराम अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    ह्याम्मर प्रहार गरी हत्या, शव इनारमा फालिएको स्वीकार

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान र सोधपुछका क्रममा अभियुक्तहरूले मंसिर २४ गते राति करिब ८ बजे सुनिल भन्ने केशवराज हायुलाई ललितपुर महालक्ष्मी नगरपालिका–८ ज्यामिरेकोटमा ह्याम्मरले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।

    हत्या गरेपछि शव सोही स्थानमा फालिएको र दुई दिनपछि मङ्सिर २६ पुनः उक्त शव निकालेर मोटरसाइकलमा राखी शेराफाँट लुभुस्थित तरकारी बारीको इनारमा बोरामा पोको पारेर फालेको बयान अभियुक्तहरूले दिएका छन्।

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १८:५५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij