Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

१६८ नयाँ मतदानस्थल थप, ९३ वटा खारेज

१६८ नयाँ मतदानस्थल थप, ९३ वटा खारेज


  • 715
    Shares

    १६८ नयाँ मतदानस्थल थप, ९३ वटा खारेज
    images

    काठमाडौं । निर्वाचन आयोगले १६८ नयाँ मतदानस्थल थप गरेको छ । प्रयोगमा नरहेका ९३ वटा खारेज गरेको छ ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन देशभरका मतदानस्थलहरुमा पुनरावलोकन गरेको आयोगले जनाएको छ ।

    जसअनुसार मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थलहरू थप गरिएका छन् भने मतदातालाई अपायक परेका, जिर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको छ ।यसबाट साविकमा कायम दश हजार ८९२ मतदानस्थलमा ७५ मतदानस्थल थप भएर देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ ।

    मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने,  मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको छ ।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १७:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij