Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन

भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन


  • 694
    Shares

    भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन

    धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले संयुक्त रूपमा गर्नुभएको हो । नवनीर्मित विद्यालयको भवन उदघाटन गर्नुहुँदै महावाणिज्यदुत मिणाले भारत सरकार नेपालको आधारभुत क्षेत्रको विकासकालागि सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले भारत सरकार नेपालमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता पूर्तिकालागि सदैव तयार रहेको कुरा यो विद्यालयको भवन उदघाटन त्यसकै उत्कृष्ट उदाहरण रहेको बताउनु भयो । उक्त विद्यालय भवन तथा सम्बद्ध पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सो विद्यालय भवनको निर्माण गरिएको जनाइएको छ । भारत सरकारले मधेसमा शिक्षा, स्वास्थ्य, सडक, सिंचाई लगायतको ८६ वटा परियोजनामा काम गरिरहेको कार्यक्रम मार्फत जानकारी दिइएको थियो । 

    images
    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १७:००:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij