२०८२ पौष ४ गते शुक्रवार
धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले संयुक्त रूपमा गर्नुभएको हो । नवनीर्मित विद्यालयको भवन उदघाटन गर्नुहुँदै महावाणिज्यदुत मिणाले भारत सरकार नेपालको आधारभुत क्षेत्रको विकासकालागि सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भारत सरकार नेपालमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता पूर्तिकालागि सदैव तयार रहेको कुरा यो विद्यालयको भवन उदघाटन त्यसकै उत्कृष्ट उदाहरण रहेको बताउनु भयो । उक्त विद्यालय भवन तथा सम्बद्ध पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सो विद्यालय भवनको निर्माण गरिएको जनाइएको छ । भारत सरकारले मधेसमा शिक्षा, स्वास्थ्य, सडक, सिंचाई लगायतको ८६ वटा परियोजनामा काम गरिरहेको कार्यक्रम मार्फत जानकारी दिइएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij