Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कांग्रेस निर्वाचनमा जान आतुर छ : कोइराला

कांग्रेस निर्वाचनमा जान आतुर छ : कोइराला


  • 974
    Shares

    • images
    कांग्रेस निर्वाचनमा जान आतुर छ : कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।

    आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका वार्ड नं-४ मा आज स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए।

    ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ।’

    सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप उनले लगाए।  ‘दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्। यसबारे सरकारले के सोचेको छ’, कोइरालाले प्रश्न गरे। उनले निर्वाचनका लागि जुट्न पार्टी पंक्तिलाई निर्देशन पनि दिए।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १२:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij