Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

हेटौँडा सडक विस्तारविरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौँडा सडक विस्तारविरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै


  • 974
    Shares

    हेटौँडा सडक विस्तारविरुद्धको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

    काठमाडौं । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। हेटौँडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढेको हो।

    रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसमेतले दायर गरेको उक्त रिटमाथि सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा रिट निवेदन मागी सुनुवाइ हुनेछ। सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो।

    उक्त रिटमाथि मंसिर १९ गते सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको थियो। मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गर्दै तत्कालका लागि निवेदकका संरचना नहटाउन वा यथास्थितिमा राख्न ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो। 

     

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - ११:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij