२०८२ चैत्र १ गते आइतवार
लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटसरु
काठमाडौं । नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी स्वर्गीय श्रीमती विमलालाई सम्झिँदै भावुक बनेका छन्।
पार्टी अध्यक्षसमेत रहेका केपी ओलीले सहयोग नगरेपछि उनले भावुक स्टाटस लेखेको नेताहरुले बताएका छन्।
नेकपा (एमाले)को जारी महाधिवेनशमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नअटाएका पण्डितले सचिवमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
उनले श्रीमतीले आफूलाई दुःखको अन्तिम क्षणमा सम्झिन भनेको स्मरण गरेका छन्।
‘मेरी प्रियसी विमला तिमी अन्तिम क्षणमा दुःख पीर परेको बेला मलाई सम्झनु भनेर गयौ– सम्झेर मानिस चिन्न सक्नु हुन्न सबैलाई सधैँ विश्वास गरेर हुन्न आफ्नैले पहिला उचित समयमा धोका दिन्छन, सतर्क रहुनु होला’ उनले फेसबुकमा लेखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij