२०८२ मंसिर २५ गते बिहिवार
ललितपुरको यूएन पार्क नजिक बिहीबार एउटा भ्यानले चार वटा गाडीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
बागमती करिडोर अन्तर्गत यूएन पार्क नजिक कुपण्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा. प्र. ०१-०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरित दिशाबाट आउदै गरेका चार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ।
दुर्घटनामा स्कूटर चालक रौतहटको गौर नगरपालिका-९ का राजिव सिन्हा घाइते भएका थिए। उनलाई उचपारका लागि नर्भिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले भ्यान चालक काठमाडौँको नागार्जुन नगरपालिका-६ का २० वर्षीय रोहित रञ्जितकारलाई नियन्त्रणमा लिएको छ। त्यस्तै, अन्या चार तीन वटै गाडी चालक र गाडीलाई पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij