२०८२ मंसिर २१ गते आइतवार
काठमाडौं । मलेखु-मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा दुईवटा बस ठोक्किएका छन् ।घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ ।
विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए । बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।
फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij