Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

एमाले प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच हात हालाहाल

एमाले प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच हात हालाहाल


  • 1.2K
    Shares

    एमाले प्रतिनिधि छनोट विवाद : च्यासलमा कार्यकर्ताबीच हात हालाहाल
    images

     काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको छ ।

    आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए ।

    उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए । सो क्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको हात हालाहाल भएको हो ।

    एमालेको महाधिवेशन उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । उक्त प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी जनजाती लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू च्यासल पुगेका थिए ।

    सो क्रममा उनीहरूले चर्को स्वरमा डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए ।

    प्रकाशित मिति :मंसिर १९ २०८२ शुक्रवार - १४:२२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij