Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

हेटौँडामा ५३१ घर भत्काइँदै , विस्थापित व्यवसायीलाई उपमहानगरको ३ विकल्प

हेटौँडामा ५३१ घर भत्काइँदै , विस्थापित व्यवसायीलाई उपमहानगरको ३ विकल्प


  • 239
    Shares

    हेटौँडामा ५३१ घर भत्काइँदै , विस्थापित व्यवसायीलाई उपमहानगरको ३ विकल्प
    images

    काठमाडौं । सडक डिभिजन हेटौँडाले २५–२५ गज सडक बिस्तार गर्दा हेटौँडा उपमहानगरपालिकाले बिस्थापित हुने व्यवसायीलाई बजार क्षेत्रमा व्यवस्थापन गर्न सकिने जनाएको छ । विस्थापित व्यवसायीलाई हेटौँडा बसपार्कमा रहेका ४० वटा सटरमा राख्न सकिने र यसका लागि मकवानपुर उद्योग वाणिज्य संघको समन्वय हुनसक्ने बताइएको हो ।

    यस्तै, हेटौँडा–११ स्थित तरकारी फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा समेत विस्थापित व्यवसायीलाई राख्न सकिने मेयर मीनाकुमार लामाले बताइन् । उनले भूटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरमा समेत व्यवस्थापन गर्न सकिनेबारे उपमहानगरपालिकामा छलफल भएको जानकारी दिइन् ।

    धेरैजसो व्यवसायीले हेटौँडा बजार क्षेत्रमा २ वटा पसल राखेर व्यवस्थापन गरिसकेको उपमहानगरपालिकाको दाबी छ । बजार क्षेत्र भत्कने हल्लासँगै लामो समयदेखि खाली रहेको नारायणी मलसमेत व्यवसायीले बुक गरिसकेका छन् । बजार क्षेत्रमा खाली रहेका सुपर मार्केटमा समेत व्यवसायीलाई व्यवस्थापन गर्न सकिने बताइएको छ ।

    विस्थापित व्यवसायीको पुनःस्थापनामा आवश्यक सहयोग र समन्वय गर्न मकवानपुर उद्योग वाणिज्य संघलाई हेटौँडा उपमहानगरपालिकाले आग्रह गरेको छ ।सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै मंसिर २० गतेदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घर टहरा हटाउने तयारी गरेको छ ।

    घरटहरा भत्काउन आवश्यक बन्दोबस्ती गरेर सडक डिभिजनले मेनरोडका पेट्रोल पम्पहरुलाई इन्धन बेच्नसमेत रोक लगाइसकेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले घर टहरा हटाउने र सडक विस्तार गर्ने कार्यमा अवरोध नगर्न अनुरोध गरिसकेको छ ।

    प्रकाशित मिति :मंसिर १६ २०८२ मंगलवार - १२:२१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij