Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

१९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ


  • 722
    Shares

    • images
    १९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । प्रहरीले अवैध रूपमा अभौतिक मुद्रा क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बारा कलैया घर भई डल्लुमा बस्दै आएका २३ वर्षीय मोहम्मद सेफ रहेका छन् । उनको कब्जाबाट कारोबारमा प्रयोग भएको विभिन्न कम्पनीका दुई थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

    उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–११ भद्रकालीबाट पक्राउ गरेको प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

    प्रारम्भिक अनुसन्धानमा उनले नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको क्रिप्टोकरन्सी कारोबार गरेको खुल्न आएको छ। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताएका छन्।

     

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - १०:४३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij