Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

विवेकशील साझा पार्टी रास्वपामा विलय, आइतबार घोषणा हुँदै

विवेकशील साझा पार्टी रास्वपामा विलय, आइतबार घोषणा हुँदै


  • 484
    Shares

    विवेकशील साझा पार्टी रास्वपामा विलय, आइतबार घोषणा हुँदै
    images

    काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएको छ। बुधबार बसेको विवेकशील साझा पार्टीको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने निर्णय गरेको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालका अनुसार आइतबार दुवै पक्षबीच पार्टी एकता घोषणा हुनेछ। राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा हुने खनालले बताए।

    ‘एकताको सबै प्रक्रिया पूरा भएको छ । उहाँहरूलाई अहिले केन्द्रीय नेताको हैसियतमा सम्मानपूर्वक स्थान दिने भनिएको छ’, खनालले खबरहबलाई भने,‘आइतबार पार्टी एकता हुन्छ । उहाँहरू आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताका रुपमा कायम हुनु हुन्छ ।’

    विवेकशील साझामा अहिले समीक्षा बास्कोटा अध्यक्ष र महासचिवमा रन्जु दर्शना छन्। यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार छन्। विवेकशील साझाबाट संवाद समितिका संयोजक परियारले वैकल्पिक राजनीतिक दलवीचको ‘बृहत्तर ध्रुवीकरण÷ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको बताए।

    ‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता महसुस भइरहेका बला नवयुवाको आन्दोलन ‘जेन(जी विद्रोह’ले विवेकशील साझा पार्टी र रास्वपाबीचको एकीकरणलाई तीव्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर विकास,समृद्धि र सुशासनको उत्कट चाहना परिणाममुखी बनाउने दायित्वलाई सफल बनाउने प्रतिवद्धतासहित एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, परियारले भने ।

    पार्टी एकीकरणका अन्य प्राविधिक कुरा दुवै दलका नेताहरूको उच्च समझदारीबाट चाँडै सहमतिमा टुंग्याइने उनले बताए ।

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - ०७:०९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij