Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीको चुनाव चिह्न एउटै

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीको चुनाव चिह्न एउटै


  • 1.2K
    Shares

    अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीको चुनाव चिह्न एउटै

    काठमाडौं । अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले एउटै  चिह्न लिएर चुनाव लड्ने सहमति गरेका छन् ।

    उनीहरूले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको चुनाव चिह्न जाँतो प्रयोग गर्ने भएका छन् ।

    ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा भाग लिन सहमत भयौं, एक चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भयौं,’ तीन पार्टीबीच भएको सहमति पत्रमा उल्लेख छ ।

    साथै विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरिएको छ ।

    jasapa-naupa-3qwtfvgesdfv.jpg

    images
    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - २१:४९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij