Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

कुलमान घिसिङ आक्रोशित हुँदै भने– हामी हात उठाउन बाध्य हुनेछौँ

कुलमान घिसिङ आक्रोशित हुँदै भने– हामी हात उठाउन बाध्य हुनेछौँ


  • 862
    Shares

    कुलमान घिसिङ आक्रोशित हुँदै भने– हामी हात उठाउन बाध्य हुनेछौँ
    images

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध हटाउन सरकार र बन्चरेडाँडाका स्थानीयबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । स्थानीय पक्षबाट एकपछि अर्को नयाँ माग थपिने क्रम नरोकिएपछि सहमति नजुटेको सहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।

    विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फेरि फोहोर फाल्न अवरोध गरेका छन् । सोही समस्या समाधानका गर्न सहरी विकासमन्त्री घिसिङको पहलमा सरोकारवालासहितको सिंहदरबारमा आकस्मिक बैठक डाकिएको थियो ।

    घिसिङको सचिवालयका अनुसार, छलफलपछि स्थानीय बासिन्दाका प्रतिनिधि एवं अधिवक्ता सुभास पाठकले नै बैठकको निर्णयका रूपमा नौबुँदे मस्यौदा तयार पारेका थिए । मस्यौदामा धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसमेत सहमत भइसकेका थिए ।

    तर, मन्त्री घिसिङको उपस्थितिमा निर्णयमा हस्ताक्षर गर्ने अन्तिम समयमा अधिवक्ता पाठकले आफैँले तयार पारेको मस्यौदामा असहमति जनाउँदै थप नयाँ माग राखेर निस्किएपछि वातावरण बिग्रिएको थियो । पाठक पछि हटेसँगै अन्य जनप्रतिनिधिले पनि हस्ताक्षर गर्न मानेनन् ।

    हस्ताक्षर गर्ने बेलामा नयाँ बखेडा झिकिएपछि मन्त्री घिसिङ आक्रोशित बनेको उनको सचिवालयले जनाएको छ । उनले सरकारले समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरमै छलफल गरेर हदैसम्मको लचकता अपनाएको बताए ।

    “हामी समस्या समाधानमा गम्भीर छौँ । तर, एकपछि अर्को नयाँ माग थप्दै जाने हो भने महानगर र स्थानीयबीचको यो विषयबाट हामी (संघीय सरकार) हात उठाउन बाध्य हुनेछौँ,” उनले भने ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १९:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij