Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सक्छन् मतदाता नामावलीमा नाम दर्ता

राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सक्छन् मतदाता नामावलीमा नाम दर्ता


  • 1.4K
    Shares

    • images
    राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सक्छन् मतदाता नामावलीमा नाम दर्ता

    काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलन गर्ने समय सीमा तोकेपछि निर्वाचन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भीड लाग्न थालेको छ । 

    तर मतदाता नामावलीमा नाम दर्ता गर्न अब राष्ट्रिय परिचयपत्र भएमा नागरिक निर्वाचन आयोग जान नपर्ने भएको छ ।  राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनबाट नै  मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ ।  

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय परिचय पत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ ।  

    यसअघि नाम, ठेगाना, जन्ममिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने बध्यमता थियो । अब भने राष्ट्रिय परिचयपत्रहुनेहरूले सबै काम अनलाइनबाटै गर्न सक्नेछन् । 

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १५:३६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij