Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कैलालीबाट करिब एक करोड बराबरको भन्सार छलीका सामानसहित २ जना पक्राउ

कैलालीबाट करिब एक करोड बराबरको भन्सार छलीका सामानसहित २ जना पक्राउ


  • 400
    Shares

    कैलालीबाट करिब एक करोड बराबरको भन्सार छलीका सामानसहित २ जना पक्राउ
    images

    काठमाडौं । कैलालीको उत्तरबेहडीबाट करिब एक करोड बराबरका भन्सार छलीका समान बरामद भएको छ । 

    भन्सार छलीका उक्त सामानसहित २ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी इलाकाबाट मंगलबार ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित २ जनालाई पक्राउ गरिएको हो ।
    प्रकाउ पर्नेमा ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका संचालक भारत घर बताउने २५ वर्षीय आसुतोष कुमार गुप्ता रहेका छन् ।

    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोवाइलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स व्यरोको सूचनाको आधारमा सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो ।

    चौधरीले भातरबाट अवैध रुपले ल्याएको मोवाइलका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए ।

     

    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - ११:५१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij