Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेनजी आन्दोलन देखि फरार कैदी हर्क पक्राउ, सय केजी सुनकाण्डमा परेका थिए जेल

जेनजी आन्दोलन देखि फरार कैदी हर्क पक्राउ, सय केजी सुनकाण्डमा परेका थिए जेल


  • 1.0K
    Shares

    • images
    जेनजी आन्दोलन देखि फरार कैदी हर्क पक्राउ, सय केजी सुनकाण्डमा परेका थिए जेल

    काठमाडौं । सय केजी सुनकाण्डमा कैद सजाय पाएका र जेनजी आन्दोलनमा जेलबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर, अरुण गाउँपालिका– ४ घर भई हाल काठमाडौं, बूढानीलकण्ठ– ४ पासीकोट बस्ने ५१ वर्षीय हर्कराज राईलाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेका थिए ।

    संगठित अपराध, सुन भन्सार चोरी पैठारी तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा उनी कैद सजाय भुक्तान गरिहेका थिए । उनी वहुचर्चित १०० केजी सुन प्रकरणमा संलग्न थिए । उनलाई केन्द्रीय कारागारमै बुझाइएका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - १३:५८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij