Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रदेश प्रमुखले बाटोमै बनाइन् सरोज यादवलाई मधेशको मुख्यमन्त्री, खुवाइन् होटलमै शपथ

प्रदेश प्रमुखले बाटोमै बनाइन् सरोज यादवलाई मधेशको मुख्यमन्त्री, खुवाइन् होटलमै शपथ


  • 764
    Shares

    प्रदेश प्रमुखले बाटोमै बनाइन् सरोज यादवलाई मधेशको मुख्यमन्त्री, खुवाइन् होटलमै शपथ
    images

    काठमाडौं । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।

    अस्वस्थ भन्दै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेशसभाको ठूलो दलको हैसियतमा सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्री पदमा शपथ खुवाएकी हुन् । विश्वासको मत नपाउने भएपछि शनिबार मात्रै मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका थिए ।

    प्रदेश प्रमुखले जारी गरेको नियुक्तिपत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु।’

    एमाले केन्द्रीय सदस्य समेत रहेका यादव २०७९ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित भएका थिए । नवनियुक्त मुख्यमन्त्री यादवले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले पनि विश्वासको मत लिन नसकेमा पुनः संविधानको धारा १६८ (२) मा फर्कनु पर्ने हुन्छ ।

    saroj-yadav.jpg

    Saroj-Yadav_PZnXIIMN7w.jpg

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - ०९:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij