२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल शुक्रवार बिहानै हरिसिद्दीस्थित विप्लव निवास पुगेर छलफलमा जुटेका छन् ।
तीन नेता बीचको पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको उनी निकट नेताहरूको भनाइ छ ।
कम्युनिस्ट आन्दोलन र आगामी निर्वाचनका हिसाबले समेत गम्भीर र फराकिलो ढंगले छलफल भइरहेको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको नेताहरूको दाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij