२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित जेनजी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।
उनले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उनको भनाई छ । रामराज्य ल्याईदिउँ भन्ने चाहना भएपनि भन्नेबित्तिकै केही नहुने टिप्पणी गरेका छन् ।
उनले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताएका छन् । गणतन्त्रको विकल्प नभएको उल्लेख गदै उनले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताएका छन् । उनले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनःसंरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडी बढ्नुपर्ने बताएका छन् ।
उनले भने, ‘राजनीतिमा बढो ख्याल गर्नुस् तपाईहरुले सबै दखेको मात्रै हुँदैन, कही अदृश्य शक्तिहरुले काम गरिरहेका हुन्छन् । त्योसँग तपाईले एकैचोटी शक्ति सन्तुलन मिलाएर लढ्न सक्नुभएन भने झोक उठ्दा त सबैलाई सिध्याईदिउँ क्यारे । अहिले नै रामराज्य ल्याईदिउँ क्यारे भनेजस्तो लाग्छ तपाईलाई । त्यो सपना त बोक्नुपर्छ । तर लडाईँ लड्दाखेरी तपाई हात्तिसँग कुस्ती खेल्नुप¥यो के गर्नुहुन्छ, कुस्ती खेल्न सक्नुहुन्छ तपाई हात्तीसंग लड्दाखेरी रु हात्तिसंग कुस्ती खेल्ने त होईन । हात्तिलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तब्यमा जानुपर्छ । त्यसो भएको हुनाले हामीले त्यो ढंगले चाँही ग¥यौँ । यो मुद्दा पनि संगसंगै सम्बोधन गर्नुपर्छ । अवको लोकतन्त्र, अबको गणतन्त्र, राजतन्त्र फ्याक्ने मात्रै होईन । गणतन्त्र त चाहियो, त्यो वंशानुगत जन्मजात नै कोही चाँही ठुलो हुन्छ, त्यो पनि छोरो नै राजा हुनुपर्ने, निश्चित जातीकै हुनुपर्ने भन्ने त सोझै अलोकतान्त्रिक हो नी त्यो त । त्यो विषय त मध्ययुगिन कुरा थियो, हामी कहाँ पछिसम्म टासिँयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij