२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आयोगका अनुसार एकता सम्मेलन घोषणा भएको दिन बुधवार नै उक्त दलका प्रतिनिधिले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पेश गरेका हुन् ।
दल दर्ताका लागि दिइएको निवेदनमा निर्वाचन चिन्ह तारो मात्रै उल्लेख छ । त्यो बाहेक पार्टीका पदाधिकारी, सचिवालय तथा केन्द्रीय समितिमा के कति रहने भन्ने संख्या र नाम अहिले उल्लेख गरिएको छैन ।
राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसारको अनुसूची पछि पेश गर्ने गरी दलको नाम र निर्वाचन चिन्हसहित मात्रै निवेदन पेश भएको आयोगले जनाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij