Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ट्याक्टर भिरबाट खस्यो, २ जनाको मृत्यु चालक गम्भीर घाइते

ट्याक्टर भिरबाट खस्यो, २ जनाको मृत्यु चालक गम्भीर घाइते


  • 1.2K
    Shares

    ट्याक्टर भिरबाट खस्यो, २ जनाको मृत्यु चालक गम्भीर घाइते

    काठमाडौं । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई वृद्धको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। 

    थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। 

    जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खाती रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। 

    दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। घाइते चौधरीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्ररीले जनाएको छ। 

    images
    प्रकाशित मिति :कार्तिक २० २०८२ बिहिवार - १०:५३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij