Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

समुद्री आँधीका कारण फिलिपिन्समा ६६ जनाको मृत्यु

समुद्री आँधीका कारण फिलिपिन्समा ६६ जनाको मृत्यु


  • 337
    Shares

    समुद्री आँधीका कारण फिलिपिन्समा ६६ जनाको मृत्यु
    images

    काठमाडौं ।मनिला । यतिबेला फिलिपिन्स समुद्री आँधीको चपेटामा परेको छ । यस वर्षको सबैभन्दा शक्तिशाली समुद्री आँधी कलमेगीका कारण मध्य फिलिपिन्समा कम्तीमा ६६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । लाखौं मानिसहरू घरबारविहीन भएको बताइएको छ । 

    कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सम्पूर्ण सहरहरूलाई डुबानमा पारेको छ । यहाँ ४९ जनाको मृत्यु भएको छ । अन्य २६ जना बेपत्ता रहेको नागरिक रक्षा अधिकारीले बुधबार एक रेडियो अन्तर्वार्तामा भनेका छन् ।

    मानिसहरू छतमा आश्रय लिइरहेको भिडियोहरूले देखाएका छन् । कार र ढुवानी कन्टेनरहरू सडकमा बगिरहेको अवस्थामा देखिएका छन् । राहत सामाग्री बाँड्न गएको सेनाको हेलिकप्टर सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएपछि चालक दलका ६ जना सदस्यहरूको पनि मृत्यु भएको छ । 

    मंगलबार राहतका लागि पठाइएको सेनाको चार विमान मध्ये दुर्घटना परेको थियो । मंगलबार बिहानै पहिरो गराएपछि आँधी कमजोर बनेको तर यो अझै ८० माइल प्रतिघण्टा ९१३० किलोमिटर प्रतिघण्टा० भन्दा बढीको गतिमा अघि बढिरहेको बताइएको छ । आँधी बुधबारसम्म भिसायास टापु क्षेत्र पार गर्दै दक्षिण चीन सागरमाथि सर्ने अनुमान गरिएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८२ बुधवार - ११:०५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij