Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दोलखाको हिम पहिरो: चार जनाको हेलिकप्टरबाट उद्धार

दोलखाको हिम पहिरो: चार जनाको हेलिकप्टरबाट उद्धार


  • 904
    Shares

    • images
    दोलखाको हिम पहिरो: चार  जनाको हेलिकप्टरबाट उद्धार

    काठमाडौं ।  रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिम पहिरोमा परेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    ‘हिम पहिरोमा परेर घाइते भएका चार जनालाई घटनास्थलबाट उद्धार गरेर आज बिहान उपचारको लागि  हेलिकप्टरमार्फत काठमाडौं पठाएका छौँ,’ उनले भने, ‘तीनवटा डेथबडी अहिले पनि घटनास्थलमै छ।’ 

    नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ।

    त्यस्तै दुई विदेशीलाई पनि हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको इरा इन्टरनेशनल अस्पतालमा लगिएको छ। बेपत्ता अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रहरी र सेनाको उद्धार टोली हिजै घटनास्थलतिर गएको भए पनि आज बिहानबाट मात्रै उद्धारको काम सुरु भएको उनले बताए। 

    हिम पहिरो गएको ठाउँमा सातजना नेपाली र सातजना विदेशी गरि जम्मा १४ जना मात्रै गएका खुलेको डीएसपी महतोको भनाई छ। 

    हिम पहिरोमा परेर घाइते भएका चारजना घाइते अवस्थामै बेसक्याम्प आइपुगेका थिए। उनीहरूले खबर गरेपछि मात्रै आरोहीहरू हिम पहिरोमा परेको खुलेको थियो। मृतक र घाइतेको नाम भने प्रहरीले अझै खुलाएको छैन। 

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - ११:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij