Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने


  • 1.0K
    Shares

    • images
    फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

    काठमाडौं । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनस् प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘मतपेटिका शतप्रतिशत नै छ ।’ अन्य आवश्यक सामग्रीय खरिदसहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको बजेट आयोगले अर्थ मन्त्रालय पठाएको छ ।

    निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटमा आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।

    निर्वाचन आयोगले बजेट निर्माण गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै आवश्यकक सामग्री किन्न सुरू गर्ने आयोगको तयारी छ ।

    यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्न मिल्ने सामग्रीहरूमा मतपेटिका समेत छ ।

    प्रकाशित मिति :कार्तिक १८ २०८२ मंगलवार - १०:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij