Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल

एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल


  • 449
    Shares

    एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल
    images

    काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताएका छन् । प्रेस चौतारी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

    उनले वाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरु एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाएका छन् । उनले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरुलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरु एमालेविरुद्ध लागेको बताएका छन् । 

    यस्तै माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्युत हुनुपरेकाहरु र अराजकताको विरुद्धमा प्रतिवाद गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरु नियोजित रुपमा एमाले विरुद्ध लागेको उनको भनाई छ । यी नै चार शक्तिका कारण नेपालमा जेन–जी आन्दोलनका नाममा अराजक गतिविधि भएको उनको दाबी छ । 

    उनले भने, ‘नेपालमा ४ प्रकारका शक्तिहरु संगठित रुपमा लागिरहेका छन् । त्यसको सामाना गर्नुपर्छ भनेर हामीले भनेका थियौँ । ती चार प्रकारका शक्तिहरु को हुन् त भन्दाखेरी पहिलो, वाह्य शक्ति, दोस्रो स्वभाविक रुपमा राजसंस्था पुनःस्थापनाको अभियानमा जुटेका र नेकपा एमाले नेतृत्वको सरकारका कारणले असफल भएका, उनीहरु एमाले र त्यसको नेतृत्वको विरुद्ध केन्द्रित छन् भन्ने हाम्रो निष्कर्ष थियो । तेस्रो शक्ति सरकारच्युत भएकाहरु नेकपा एमालेको नेतृत्वको विरुद्धमा नियोजित ढंगले परिचालित छन् भन्ने कुरा गरेका थियौँ । र चौथो शक्तिका रुपमा कथित स्वतन्त्र पार्टी र स्वतन्त्रका नाममा सामाजिक अराजकताका बाहक बनिरहेकाहरु नै एमाले र त्यसको नेर्तत्वको विरुद्धमा छन् किनकी पपुलिजम समस्याको समाधान होईन भनेर वैचारिक रुपमा प्रतिवाद गर्ने पार्टीका रुपमा एमाले भएको कारणले उनीहरु एमाले र त्यसको विरुद्धमा लक्षित छन् ।’ 

     

    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - १४:३६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij