२०८२ कार्तिक १७ गते सोमवार
काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न प्रहरी मुख्यालयले निर्देशन दिएको छ ।
जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।
जाँचबुझ आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएको थियो । जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान थालेको छ । आइतबार नख्खु कारागारका जेलरसँग आयोगले सोधपुछ गरेको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij