Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

आइतबारदेखि बेपत्ता ३२ वर्षीय शर्माको शव गाडिएको अवस्थामा फेला

आइतबारदेखि बेपत्ता ३२ वर्षीय शर्माको शव गाडिएको अवस्थामा फेला


  • 337
    Shares

    आइतबारदेखि बेपत्ता ३२ वर्षीय शर्माको शव गाडिएको अवस्थामा फेला
    images

    झापा । गत आइतबारदेखि बेपत्ता झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको छ । 

    शर्मा आइतबारदेखि गाडीसहित बेपत्ता भएका थिए । उनी सवार बागमी प्रदेश ०१–०३०च ७१९४ नम्बरको गाडी शुक्रबार मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा फेला परेको थियो ।

    शनिबार झापा गाउँपालिका–५ र बाह्रदशी गाउँपालिका–२ लाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत विरिङ खोलाको पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेको हो । यसैबीच घटनामा संलग्न भएको आरोपमा शिवसताक्षी–१० का सुनिल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

    यस्तै शर्माका दुई साथीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । प्रहरीले नियन्त्रणमा लिएसँगै आक्रोशित स्थानीय र पीडित परिवारका सदस्यहरूले आरोपितको घरमा तोडफोड गरेका छन् । उनीहरूले एउटा अटोमा समेत आगजनी गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०८२ शनिवार - १५:२८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij