Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

मौसम पूर्वानुमान

आज कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना

आज कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना


  • 421
    Shares

    आज कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौँ । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी र मधेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी, बागमती गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०८२ शनिवार - ०९:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij