२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौं । सुर्खेतमा एक महिलाको हत्या भएको छ । हत्या अभियोगमा उनकै छोरा पक्राउ परेका छन् ।
भेरीगंगा नगरपालिका–१२ मसिनाटोल बस्ने ५० वर्षीया धनिकला बस्नेतको हत्या अभियोगमा उनका ३० वर्षीया छोरा कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको र कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका छोरा कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो । हत्याको कारण खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij