Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

चितवनमा दुई बस र ट्रक आपसमा ठोक्किँदा ३३ यात्रु घाइते

चितवनमा दुई बस र ट्रक आपसमा ठोक्किँदा ३३ यात्रु घाइते


  • 288
    Shares

    चितवनमा दुई बस र ट्रक आपसमा ठोक्किँदा ३३ यात्रु घाइते
    images

    चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति दुर्घटना भएको छ । प्रहरीका अनुसार राति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् ।

    रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबाहक बसले अगाडिको ना–६ ख ८१३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । सो बसको पछाडि आइरहेको जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस पनि सोही क्रममा ठोक्किएको थियो ।

    दुर्घटनामा दुवै बसका यात्रु गरी ३३ जना घाइते भएका छन् । तीमध्ये १५ जनाको  चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । केहि घाइतेलाई चोट लागेको र धेरै जसोको अवस्था सामान्य रहेको बताइएको छ ।

    प्रहरीका अनुसार दुई बस चालक मध्ये एक जना घाइते भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार रहेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक १४ २०८२ शुक्रवार - ०७:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij