२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएको छ ।
आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण पेस गरेको छ । जसमा सवारी साधनतर्फ ५४ करोडको क्षति भएको विवरण उल्लेख गरेको छ ।
जसमध्ये ४९४ सवारी साधन पूर्ण र ५७ आंशिक गरी कुल ५५१ सवारी साधानमा क्षति भएको रिपोर्ट रेग्मी समितिले दिएको छ ।
साथै, प्रहरी कर्मचारीको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो क्षति भएको छ । व्यक्तिगत दुई पांग्रे र चार पांग्रे सवारीका साथै अन्य सरसामानहरू गरेर २२ करोडको क्षति भएको रिपोर्टमा उल्लेख गरीएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij