Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

जेनजी युवाहरुलाई एकतावद्ध भएर अघि बढ्न ‘जेन–जेड युनाइटेड’को खबरदारी

जेनजी युवाहरुलाई एकतावद्ध भएर अघि बढ्न ‘जेन–जेड युनाइटेड’को खबरदारी


  • 1.5K
    Shares

    जेनजी युवाहरुलाई एकतावद्ध भएर अघि बढ्न ‘जेन–जेड युनाइटेड’को खबरदारी
    images

    काठमाडौं । जेनजी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै जेन-जेड युनाइटेडका युवाहरुले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन् ।

    जेनजी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन-जेड युनाइटेडको नामबाट मंगलवार बबरमहलमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

    प्रदर्शनकारीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

    नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरुले जेन–जी समूहलाई एकतावद्ध गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन् । 

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १७:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij