२०८२ कार्तिक १० गते सोमवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन् । प्रधानमन्त्री कार्मीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।
प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैछ ।
काठमाडौंको कमल पोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij