२०८२ कार्तिक १० गते सोमवार
काठमाडौं । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् ।
अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आफन्तहरूको आरोप रहेको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।
आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij