Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट


  • 414
    Shares

    जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट
    images

    काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ ।

    अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितलाई विपक्षी बनाएर रिट पेस भएको र रिट निवेदन अध्ययनका क्रममा रहेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताएका छन् ।

    आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुवारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप रिट निवेदनमा छ ।

    जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । 

     

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १४:५९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij