Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

इस्लामाबादका एसपीको गोली लागेर मृत्यु

इस्लामाबादका एसपीको गोली लागेर मृत्यु


  • 449
    Shares

    इस्लामाबादका एसपीको गोली लागेर मृत्यु
    images

    काठमाडौं । इस्लामाबादका प्रहरी सुपरिटेन्डेन्ट (एसपी) आदिल अकबरको उनको कारभित्रै गोली लागेर मृत्यु भएको इस्लामाबाद प्रहरीका प्रवक्ताले पुष्टि गरेका छन्।

    प्रवक्ताका अनुसार एसपी आदिल अकबर कन्स्टिट्युसन एभिन्यूबाट आफ्नो कार्यालयतर्फ जाँदै गर्दा कारमा गोली लागेर मृत्यु भएको हो। 

    इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीले घटना साँझ ४:३० बजे कन्स्टिट्युसन एभिन्यूमा भएको बताएका छन्। आईजी रिजवीका अनुसार, घटनाको फुटेजमा कुनै पनि विवरण खुलेको छैन र यो घटना कार भित्रै भएको हो।

    उनले एसपी अकबरसँग रहेको मोबाइल फोन ‘लक गरिएको’ अवस्थामा फेला परेको र त्यसको पनि फोरेन्सिक जाँच गरिने जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :कार्तिक ७ २०८२ शुक्रवार - ०८:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij