Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

फूल महंगो भएको उपभोक्ताको गुनासो

फूल महंगो भएको उपभोक्ताको गुनासो


  • 330
    Shares

    फूल महंगो भएको उपभोक्ताको गुनासो
    images

    काठमाडौं । यसपालीको तिहारमा फूल महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो हुन पुगेको हो । 

    बजारमा पर्याप्त फूल नभएको कारण महंगो हुन पुगेको उपभोक्ताहरुको गुनासो छ । गत वर्षहरुमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरुको भनाई छ ।

    नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ । विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरुले बताएका छन् । प्लाष्टिकको फूल रोकेकोमा भने उपभोक्ताहरुले स्वागत गरेका छन् । उनीहरुले बजार अनुगमनको पनि खाँचो औँल्याएका छन् । 

    फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरुको बजारमा घुँईचो लागेको छ । काठमाडौं महानगरपालिकाले तिहारको लागी फूल र माला बेच्नको लागी ३२ स्थान तोकिदिएको छ । 

    सोमबार लक्ष्मीपुजा भएकोले पनि बजारमा फूल किन्नको लागी विशेष चहलपहल बढेको हो । तिहारमा नेपालीहरुले फूलले घर सजाउने गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १३:२०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij