Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, विस्तारित बैठकमा मागिन् भोटिङ राइट

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, विस्तारित बैठकमा मागिन् भोटिङ राइट


  • 806
    Shares

    रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, विस्तारित बैठकमा मागिन् भोटिङ राइट

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तोसिमा कार्कीले पार्टीको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन् ।

    उनले सामाजिक सञ्जालमार्फत् भनेकी छन्, ‘महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होइन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो ।’

    शनिबार मात्रै रास्वपाले सचिवालय विस्तार गरेको छ । पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार कार्यवाहक सभापति डीपी अर्यालले सचिवालयमा ४ जना सदस्य मनोनीत गरेका हुन् । सभापतिको मनोनीत गरेको उक्त निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल समितिको बैठकमा प्रस्तुत भएको छ ।

    images
    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १२:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij